अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

नेपालगन्जमा टिभिएस टेम्पोको ११ औं शोरुम

बिआरटीनेपाल २०७३ मंसिर १३ गते ९:२३ मा प्रकाशित

टिभिएस मोटर कम्पनीको तिन पाङग्रे सवारीसाधनको ११ औं शो शोरुम नेपालगन्जमा आजदेखि संचालनमा आएको छ । सोमबार एक समारोहकाबीच टेम्पो शो रुमको उदघाटन गरेर मध्यपश्चिमको नेपालगञ्जमा आधिकारीक रुपमा बिक्री बितरण संचालन गरिएको हो ।

नेपालगन्जमा उक्त टेम्पो सुर्खेतरोडस्थित गोर्खा इन्टरप्राईजेजले बितरण थालेको हो । कार जस्तै तिन पाङग्रे सवारी साधानको आज एक कार्यक्रमका विच नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्द लाल बैश्यले उद्घाटन गर्नुभएको थियो ।

गोर्खा इन्टरप्राईजेज नेपालगन्जले सुरु गरेको तिन पाङग्रे शो रुममा टिभिएस मोटर्स कम्पनीले नेपालभरीका ११ वटा सर्टिफाइड सर्भिस प्याइन्टको रुपमा विस्तार गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यले व्यवसायीले भित्राईरहेको नयाँ प्रविधिबाटनै देशको विकास हुने भएको हुनाले यसका लागि हामी सवैले स्रहाना गर्न जरुरी रहेको बताउनुभयो ।

गोर्खाले जुन सवारी साधार भित्राएको छ यसले पक्कै पनि ग्रहाकको मन जित्न सफल हुने सकिने कुरा अध्यक्ष वैश्यले उल्लेख गर्नुभयो । टिभिएस शोरुमले भित्राएको तिनपाङग्रे सवारीसाधान नेपालमा आएको तिन महिनामै १ हजार सवारीसाधान विक्री गरिसकेको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले बताउनुभयो ।

१ लिटर डिजेलबाट ३५ किलोमिटर गुड्न सकिने, पछाडीको अत्याधुनिक सस्पेन्सन, यात्रुलाई आरामदायी यात्रा, विना झन्झट नै गाडी स्टार्ट गर्न सकिने, ७ सय ४० किलो सम्मको बोक्ने क्षमता भएको आरामदायी तिन पाङग्रे सवारी साधान नेपालगन्जमा भित्रिएको प्रोप्राईटर अग्रवालले बताउनुभयो ।

आरामदायी ढंगले चढ्न र ओर्लिन सकिने तथा चालकको लागि अझ आरामदायि यात्राको लागि तिन पाङग्रे सवारी साधान उपयुक्त रहेको उहाँले बताउनुभयो । सानो ठाउँ तथा छिटो छरितोको लागि अति उपयुक्त रहेको तिन पाङग्रे सवारी साधान अति उपयुक्त रहेको गोर्खा इन्टरप्राईजेजका प्रोप्राईटर हाजि मोहम्मद सरिफ बागवानले बताउनुभयो ।

गरिवीको हिसावले विदेश जाने युवाहरुको लागि अति सर्वसुलभ सवारी साधान रहेको हुनाले विदेशभन्दा बढि पैसा कमाउन सकिने सवारी भित्राएको प्रोप्राईटर बागवानले बताउनुभयो । गोर्खाले २ दिनको लागि बुकिङ गराउने ग्रहाकका लागि १० हजार छुट गरिएको जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू