अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४
| Colorodo: 05:59
काठमाडौँ विश्वविद्यालयको उपकुलपति चयन गर्नका लागि शिक्षामन्त्री तथा सहकुलपति धनिराम पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन भएको छ । आज मङ्सिर १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको काठमाडौँ विश्वविद्यालय सभाको ७५ औँ बैठकले उक्त निर्णय गरेको हो ।
समितिका सदस्यहरूमा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना र संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा सदस्य रहनुभएको छ ।
वर्तमान उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठको चारवर्षे कार्यकाल आगामी मङ्सिर २६ गते समाप्त हुने भएकाले उपकुलपति चयन गर्न समिति बनाइएको हो ।
उक्त समितिले सिफारिस गरेपछि प्रधानमन्त्री तथा कुलपतिबाट उपकुलपति नियुक्त गरिने प्रावधान रहेको छ ।