अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

सानफ्रान्सिस्को वे एरिएका पाँचवटा लायन्स क्लबको संयुक्त आयोजनामा खेलकुद कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७३ मंसिर १२ गते २३:३७ मा प्रकाशित

अमेरिकामा बसोबास गर्दै आएका नेपाली मूलका अमेरिकनहरुको सबैभन्दा ठुलो खेलकुद कार्यक्रमको आयोजना हुन लागेको छ । जनवरीको १४ र १५ गते आयोजन गरिने कार्यक्रम  सानफ्रान्सिस्को वे एरिएका पाँचवटा लायन्स क्लबको संयुक्त आयोजनामा हुने लागेको हो । नेपालीहरूका अधिक रुचिका खेलहरू फुटबल(सकर) ब्यडमिन्टन, क्रिकेट, भलिबल लगायतका खेलमा अमेरिकामा छरिएर रहेका सबै नेपालीहरूले प्रतियोगितामा अवसर पाउनेछन् ।

नेपालीहरूको दोस्रो ठुलो घनावस्ति उत्तरी क्यालिफोर्नियामा रहेका करिब २७ हजार नेपालीहरूलाई प्रत्यक्ष सहभागी गराउन लागिएको यो कार्यक्रम सफल बनाउन फोर्सी डिस्ट्रिक्ट थ्रीका  फष्ट डिष्ट्रिक्ट गभर्नर लायन राजेन थापा,  लायन हरिहर दाहाल, सन्तोष गिरी, लेना, लायन गगन लगायतको प्रत्यक्ष सहभागितामा यो कार्यक्रम गर्न लागिएको हो ।  यस कार्यक्रमले अमेरिमा छरिएर रहेका नेपालीहरू बिच आपसी भाइचारा र सद्भावको भावना विकास गर्ने छ भने आपसमा नेपाली पनको जगेर्ना गर्ने छ । img_0067

PRESS MEET VIDEO !

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू