अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

अमेरिकाको विस्कनसिनमा निर्वाचनको पुनर्गणना गर्न याचिका दायर

बिआरटीनेपाल २०७३ मंसिर ११ गते १७:५१ मा प्रकाशित

अमेरिकाको ग्रिन पार्टी(हरित दल)ले आज शुक्रवार नोवेम्बर २५ तारिख विस्कनसिनमा निर्वाचनको पुनर्गणना गर्न हरित दलले याचिका दायर गरेको छ l मतदान प्रक्रियामा अन्तर देखिएकोले निर्वाचन को परिणाममा गहिरो अनुसन्धान गरी पाउँ भनी हरित दलका अधिकारीले दर्ता गराएका छन् l

डेमोक्रेटिक दलले याचिका दायर नगरी (थर्ड पार्टी )तृतीय पक्ष ग्रिन पार्टीले यो कदम चालेको छ l विस्कनसिनका हरित दलका सह सभापति जर्ज मार्टिनले साधारण पुनर्गणना भन्दा एक कदम अगाडी कागजात अभिलेखको मिलान हेर्न चाहेको बताएका छन् l राज्यको मतदान पद्धतिको ईमान्दारि माथि अनुसन्धान गर्ने रहेको छ भनी उनले बताएका छन् l यो एउटा प्रक्रिया हो ,हाम्रो चुनावी प्रजातन्त्र काम गरी रहेको छ या छैन भन्ने कुरामा जाँच गर्नु पहिलो कदम हो मार्टिन ले भनेको सीएनएन ले लेखेको छ l

ग्रिन पार्टी (हरित दल )डेमोक्रेटिक तथा रिपब्लिकन दल जस्तै एक राजनैतिक दल हो l जस्को मुख्य सिद्धान्त सामाजिक न्याय ,पर्यावरण तथा अहिंसा रहेको छ l १९८५ देखि अमेरिकामा आफ्ना नेतालाई उम्मेदवार दिन सुरु गरेको यो दलले गत निर्वाचनमा राष्ट्रपतिकि उम्मेदवार बनेकी जिल स्टीन सन् २०१२ मा पनि उक्त दलले उम्मेदवार बनाएको थियो l

यिनै राष्ट्रपतिकि उम्मेदवार बनेकी जिल स्टीन ले कृतज्ञता दिवस पर्वमा निर्वाचनको नतिजा पुनर्गणना गर्न करिब २० लाख डलर अर्थ सङ्कलन गर्ने उदेस्यले गरिएको अभियानमा ५० लाख डलर सङ्कलन भई सकेको छ l लक्षित अर्थ सङ्कलन भन्दा ज्यादा भएमा पुनर्गणनामा लगानी नगरी आफ्नो दलको उम्मेदवारको तालिममा लगानी समेत भएका छन् l शुक्रवार साँझ सम्म करिब ७० लाख डलर उठाउने लक्ष्य रहेको छ l

स्टीनले हामीलाई थाहा छैन ,हामी यो सोच्दछौ कि अदालती कम्प्युटर विशेषज्ञ ले गम्भीर प्रश्न उठाएका छन् l हामीलाई के थाहा छ भने गत निर्वाचन अनधिकृत प्रवेश (ह्याक ) रहस्य र हामीले मतदान आंकडा संचय (डाटाबेस) मा ह्याक भएको देखेका छौ l र उनले अगाडी भनिन हामीले दलका आंकडा संचयमा ह्याक भएको तथा व्यक्तिगत इमेल (बिधुतिय डाक )मा समेत देखेका छौ भनी सीएनएन लाई बताइन l
जिल स्टीन ले अगाडी भनिन ,यो अत्यधिक अति संवेदनशील कुरा हो र अमेरिकनहरु आफ्नो मत गोप्य राख्न लायक छन् l शुक्रवार विस्कनसिन निर्वाचन बोर्डले स्टि न बाट याचिका पाएको जानकारी प्राप्त भएको सञ्चार माध्यमले लेखेका छन् l

हरित दल यसरि एक पछि अर्को राज्यमा पनि पुनर्गणना को लागि अगि बढ्ने तयारी गरी रहेको छ l विस्कनसिन निर्वाचन बोर्ड प्रशासनिक माइकल हासले पुनर्गणना को लागि अन्तरिक टोली तयार गरेको र काउन्टीका अधिकारी साझेदार नजदिक बाट सम्पर्क मा रहेको बताएका छन् l

यसको लागि दूर सम्बाद गर्ने अर्को हप्ता मा तय गर्ने र पुनर्गणना को लागि पैसा बुझाए पछि सुरु हुने छ भनी अन्तर्वार्तामा उनले बताए l गत हप्ता नै क्लिन्टन निर्वाचन अभियानलाई यस सम्बन्धी दक्षहरुले जानकरी गराएका भएता पनि कसैले प्रमाण प्रस्तुत गर्न सकेका थिएनन् l क्लिन्टन निर्वाचन प्रचार प्रसार अभियान पुनर्गणनाको बाहिर आई सकेको छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू