अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

पुरै जीवन पिडै पिडामा बिताएका पत्रकार कर्ण बोहराको रहस्यमयी निधन

बिआरटीनेपाल २०७३ मंसिर १० गते १०:४२ मा प्रकाशित

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्वअध्यक्ष, न्यूज २४ टेलिभिजनका संवाददाता तथा रेडियो पश्चिम नेपाल कञ्चनपुरका प्रबन्धक निर्देशक पञकार वर्षीय कर्ण बोहराको असामयिक निधन भएको छ । ३८ बर्षीय पत्रकार बोहरा शुक्रवार दिउँसो ३ मृत अवस्थामा फेला परेका हुन् ।

गत वर्ष साउनमा दुवै किड्नी फेल भएकी ३७ वर्षिया पत्नी ममता बोहोराको विगत एक वर्ष देखी पत्रकार बोहोराले राजधानीको मध्यबानेश्वर स्थित भेनस ईन्टरनेसनल अस्पतालमा उपचार गराउँदै आएका थिए । शुक्रवार श्रीमतीको कुरुवा बसेका उनी दिउँसो १ बजे सामान्य अवस्थामै श्रीमतीको आडैमा रहेको अस्पतालको बेडमा सुतेका थिए । सामान्य अवस्थामा सुतेका बोहोरालाई ३ बजे अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन् । अचानक र अप्रत्यासित रुममा भएको उनको निधनलाई रहस्यको रूपमा हेरिएको छ । रहस्यमयी तरिकाले उनको निधन भएपछि उनको शव महाराजगञ्ज स्थिीत शिक्षण अस्पतालमा लगिएपछि उनको मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।

बझाङको स्याडी मूल घर भएका पत्रकार बोहोराले कञ्चनपुरमा बसेर पत्रकारिता गरिरहेका थिए । ०५४ सालमा स्पेसटाइम दैनिकबाट पत्रकारिता सुरु गरेका बोहोराको व्यक्तिगत जीवनको कथा पनि कारुणिक छ । उनी गर्भमै हुँदा उनका बुवालाई डाकाले हत्या गरेका थिए । सानैबाट दुख झेल्दै आएका बोहोराका दाजुको ब्रेनह्म्यारेजबाट भएर मृत्यु भएपछि उनीमाथि अर्को पीडा थपियो । दाजुको मृत्यु भएको केही समयपछि भाउजूको पनि दुर्घटनामा परेर मृत्यु भएपछि टुहुरा चार भतिजा र भतिजीको जिम्मेवारी उनले नै समाल्दै आएका थिए ।

दु:खका दिनहरू देख्दै आएका बोहोराले अर्कौ पीडा पनि सहनु पर्‍यो जब नौं वर्षअघि महेन्द्रनगरमा प्रेमविवाह गरेकी उनले श्रीमती ममताको दुवै मृगौला फेल भयो । श्रीमतीको उपचारका लागि नै बोहोरा महेन्द्रनगरबाट काठमाडौँ आएर बसेका थिए ।

उनको निधनले सिंगो सुदुरपश्चिम शोकमा डुबेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक,ट्वईटर लगायतमा  उनको तस्विर राखेर उनको सफल पत्रकारिता र मिलनसार ब्यक्तीत्वको तारिफ गर्दै उनिको निधनमा गहिरो समबेदना ब्यक्ती गरिरहेका छन् । खाषगरि सुदुरपश्चिमका पत्रकार, उद्योग ब्यवसायि लगायत राजनितीक ब्यक्तीत्वहरु उनको निधनमा शोकमग्न छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू