अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

डोनाल्ड ट्रम्पले आफ्नै आलोचकलाइ समेत दिए नियुक्ति

बिआरटीनेपाल २०७३ मंसिर ९ गते १४:२३ मा प्रकाशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गर्नु भएको छ । साउथ क्यारोलीनाकी ४४ वर्षीय गभर्नर निक्की हेलीलाई उहाँले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रूपमा नियुक्त गर्नु भएको छ ।

उहाँले ट्रम्पको प्रस्ताव अनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय पनि गर्नु भएको छ । भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गर्नु भएको थियो ।

त्यसै गरी वेट्सी डेभोसलाई शिक्षा मन्त्रीको रूपमा उहाँले रोज्नु भएको छ । डेभोस स्थानीय सरकारी विद्यालयको अध्यक्ष हुनुहुन्थ्यो । डेभोसले निर्वाचन अभियानका बेला ट्रम्पले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताउँदै ट्रम्पको खरो आलोचना गर्नु भएको थियो ।

दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू