अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

मनमा पश्चाताप बोकेर एउटै ओछ्यानमा सुत्ने लोग्ने स्वास्नी नै हुन् दुर्घटनाका कारक

बिआरटीनेपाल २०७३ मंसिर ९ गते ६:१० मा प्रकाशित

अहिले खुबै चर्चामा रहेकी कञ्चन शर्मा रेग्मीका बारेमा दिन दिनै नयाँ नयाँ समाचार सामाजिक सञ्जालमा आईरहेको छ । कञ्चनले कान्तिपुर टेलीभिजनमा दिएको अन्तरवार्ता र उनका पूर्वपति ईन्जीनियर मोहन रेग्मीले कञ्चनका बारेमा दिएको अन्तरवार्ताले यी दुईको चरित्रलाई घर भित्रबाट सडकमा ल्याएको छ ।

भलै सभ्य भाषा नै प्रयोग भएको भएपनि यहाँ एक अर्कालाई नंग््याउन र आफु चोखो बन्न कञ्चन र मोहन दुबै सार्वजनिक रुपमा उत्रेका छन् । कञ्चन र मोहनको फरक फरक भनाई आएपनि यी दुबै जना एक अर्कासित खुषि थिएनन र उनिहरुको बैबाहिक जीवन सुरुकै दिनबाट बिग्रेको थियो भन्ने प्रस्ट छ ।

खाषमा भएको चाहीं के हो भन्दा १० कक्षा पढ्दै गरेकी कञ्चन र भबिश्यमा एउटा राम्रो ईन्जीनियर बन्ने सपनामा दौडिरहेका मोहनका बिचारमा भएको दरार नै यो झगडाको कारण हो । दुबैले सोचे बुढाबुढीको झगडा हो मिलिहाल्ला तर बिचार नै अगल भएपछि समस्या सुल्झेन ।

कञ्चनले त्यही बेला म तपाँई संग खुसी छैन म अगल बस्छु भनेर भन्न मात्र सकेको भए आज न कञ्चन यो अवस्थामा हुन्थीन् तन मोहनले आफ्नो उचो प्रतिष्ठालाई रातारात गुमाउनु पर्ने अवस्था आउँथ्यो । मोहनले पनि कञ्चनलाई तिमी म संग खुसी छैनौं भने आफ्नो तरिकाले बाँच, म तिमीलाई सकेको सहयोग गर्छु केही बिग्रेको छैन भनेर कञ्चनको भावनालाई बुझेर साथी जसरी उनका बिचार सुन्न सकेको भए दुबै आज तमासे बन्ने थिएनन् ।

त्यो समय कञ्चनले स्वतन्त्रता चाहेकी थिईन् मोहनले गल्ती गरि मात्र भनी रहे । मोहनले बुझ्नु पथ्र्यो यो केटी किन खुषी छैन ? के छ यसको मनमा र यो हर्कत गरिरहेकी छ ?आफुसंग खुसी भएको श्रीमतीले यो कदम चाल्दैन । उ म संग बस्न चाहन्न भन्ने मोहनले बुझ्न नसक्नु र कञ्चनले आफ्ना बिचार प्रस्ट राख्न नसक्नु ठुलो कमजोरी थियो । केहि कुण्ठा थियो कञ्चनमा र त उनले घर बाहिरको दुनिया सुखी देखीन् ।
यीनिहरुको कुरा आज बजारमा आयो, सार्वजनिक रुपमा छरपस्ट भए दुबै । यी दुबैले आ आफ्नो चरित्र सफा देखाउन खोज्दा आएका कुराले कि त मोहन राम्रो साबीत होलान् या कञ्चन । दुबैका कमजोरी सबैले थाहा पाए । तर यो कमजोरी त्यो कमजोरी मन्दा लाखौं गुणा सानो हो जुन यिनीहरुले म के कम भन्ने सोचेर एक अर्कालाई दोस लगाउँदै १९ बर्ष संगै बिताए ।

मान्छेले प्रगती गर्दैमा, सन्तान जन्माउँदैमा, पैसाले सहज रुपमा घर चलाउँदैमा म सफल लोग्ने या सफल स्वास्नी हुँ भनेर सोच्नु गलत हो । सफल श्रीमान श्रीमती हुन एक अर्काको अभाव र प्रगती दुबैमा साथ रहन र खुसी बन्नु पर्छ । सबैभन्दा ठुलो कुरा दुबैले दुबैको सम्मान गर्न जान्नु पर्छ । जुन दिन आफु संगै दिन रात बिताउने श्रीमान श्रीमतीलाई आफु अगाडी राखेर तेरो चरित्र यो हो, तँ यस्तो होस्, उस्तो होस् भनेर उसको चरित्रमाथी औंला उठाईन्छ त्यहि दिन सक्की सकेको हुन्छ लोग्ने स्वास्नीको नाता । खाली समय तन्काएर तनाव बोक्नु मात्र हो संगै बस्नु ।

मनमा यो मेरो मात्र होईन यसको अरुनी कोही छ भन्ने शंका र प्र्रमाण बोकेर समाजको अगाडी देखवा र आफ्नो ब्यक्तीगत प्रतिस्ठामा आँच आउने सानो डरले आज यत्रो तमासा भयो मोहन र कञ्चनको जीवन । कञ्चनलाई यो केटीलाई बुढाले छोडेछ, घर गरि खान सकिनछे भनेर समाजले हेप्ला भन्ने डर र मोहनलाई एउटी श्रीमतीलाई पनि राम्ररी राख्न र चित्त बुझाउन नसकेर बुढीले छोडेर गै भन्ने कुराहरु सुन्न पर्ला भन्ने पुरुष आडम्बरले गर्दा आज यो दिन आयो । त्यो बेला बिचार मिलेन छोडेउँ भनेर समाजलाई भन्न सक्छु भन्ने जानेको भए, आज यसरी तथानाम स्पस्टीकरण दिनु पथ्र्यो र ? अव के रह्यो ईज्जत ? कञ्चनले मोहनको पुरुषर्थमै ताकेर भएभरका कुरा दुनियालाई सुनाईन्। मोहनले कञ्चनलाई रात रात बाहिर बिताउने र केटा कोठामा ल्याउने भनेर बेश्या सावित गरे । यो दिन आउनुमा यी दुबै उत्तीकै दोसी छन् ।

मान्छेले संधै अर्कालाई दोस लगाउँछ । श्रीमान आफु संग खुसी नहुँदा बाहिर कोहि संग पल्कीयो भनेर स्वास्नी झगडा गर्न तम्सन्छे । परि आयो भने लोग्ने जो बाहिरको केटी संग हिड्ने बस्ने गर्छ उसलाई खोजेर बजारमा तमासा बनाउन र गाली गलौज गर्न नि छोड्दीन । हो यहि हो स्वास्नीहरुको कमजोरी । आफ्नो लोग्ने आफु बाहेक अरु संग हिड्छ उ संग खुसी छ, म संग छैन भन्ने थाहा हुँदा हुँदै जवरजस्ती तँ मलाई माया गर् नगरी सुखै पाउँदैनस् भन्ने सोच्नु नै गल्ती हो ।

लोग्नेको हकमा पनि यहि हो यसलाई मैले खान लाउन दिएको छु, पालेको छु, यो बाहिर हिंड्नु भनेको मलाई नटेर्नु हो । चरित्र बिग्रेको आईमाई रहीछे, यो मेरो स्वास्नी भएपछि मैले जे चाह्यो त्यहि चल्नुपर्छ, यसले मनपरि गर्न पाउँदिन भन्ने सोचेर गाली गलौज कुटपीटले तह लगाएर सम्बन्ध बचाउन खोज्नु कमजोरी हो ।

मानसीक रुपमा मात्र होईन लोग्ने स्वास्नीको सम्बन्ध  ओछ्यान संग पनि जोडीएको हुँदा आफ्नो लोग्ने वा स्वास्नी शारिरीक सम्बन्धमा पो म संग खुसी छैन कि भन्ने नि बुझ्नु पर्छ । आफ्नो लोग्नेले अरु केटी संग भावना शियर गर्दा हल्का महशुष गर्नु, बाहिर समय बिताउन चाहनु, आफुमाथी गर्व नगर्नुलाई श्रीमतीले धोका सम्झनु भुल हो ।, मेरो लोग्ने म संग खुसी छैन ,उसले चाहेजस्तो जीवन जीउन पाईरहेको छैन, कमजोरी मेरो होला हामीबिच मानसिक र शारिरीक तालमेल मिलेन भनेर सोच्न जान्नु पर्छ र मिल्दैन भने अलग हुनु पर्छ । संगै एउटै ओछ्यानमा सुत्दैमा र पुरा जीवन संगै जीउँदैमा श्रीमान श्रीमती भईदैंन, श्रीमान श्रीमती हुन एक अर्काप्रति अगाध प्रेम हुनु पर्छ र हरेक सफलता र दुख सुखमा उ याद हुनुपर्छ ।

श्रीमानले पनि जवरजस्ती पो यो म संग बसिरहेको हो की ? यसले सोचेको जस्तो मान्छे म भईन की ? भनेर स्वास्नीको चरित्रको चियो चर्चोमा खर्चने समय उ संग खुलेर यो बिषयमा साथी जसरी कुरा गर्न सक्नुपर्छ । यदि सकींदैन भने अवस्था मोहन र कञ्चनको जस्तै हुन्छ ।

बिबाह हुँदैमा यो मैले खरिदेको सम्पत्ती हो मेरो ईसारामा चल्नु पर्छ, यसका बिचार केही होईन अव म सबथोक हुँ यसको भनेर जवरजस्ती माया गर्न लगाउनु मुर्खाई हो । माया पनि जवरजस्ती गरेर पाउने कुरा हो र ? होला घर झगडा र समाजको डरले माया गरेको जस्तो देखिएला तर माया गर्ने त मनले हो, मन नै खुशी छैन उ संग भने माया कताबाट ल्याउने ?

अहिलेका युवा युवती प्राय सबै शिक्षीत नै छन् अनेक कुरामा तर्क बितर्क गर्न सक्छन्, अरुलाई सुझाव दिन सक्छन्् तर आफ्नै सम्बन्धको बारेमा जानाजान हेलचक्रयाईं गर्दा अनेक दुर्घटना निम्तन सक्छ । संगै हुँदा सब कुरा शियर गरेका लोग्ने स्वास्नी छुटेपछि उसको चरित्रमा दोस लगाएर मैले यो गरिदिएं, उ गरिदिएं भनेर खराव प्रमाणीत गरेर आफु चोखीन चाहन्छन् । यो कुराका समय खेर फाल्नु भन्दा हाम्रो बिचार मिलेन सहमतीमा छुटेउँ भनेर भन्न सके समाजले पनि उसको भलाद्मीपनलाई महशुष गर्छ र छुटेर गएका पूर्व पति पत्नीले पनि उसको बिचारको कदर गर्छन् ।

श्रीमान श्रीमतीको जिवनमा तेस्रो ब्यक्तीको प्रवेश हुने कारण सबै चरित्रहिनता मात्र होईन । खालिपन र रित्तोपन पनि हो । मजाले पाईन्छ आफ्ना बिचार राख्न, र सुन्न सक्नु पर्छ हो म तिमीसंग खुशी छैन हामी अगल भएर बसौं भनेको । होला यो सुन्दा नमज्जा लाग्ला तत्कालीन समयमा तर यसरी संयमता पूर्वक सुन्न र उसका बिचारको कदर गर्न सक्यो भने, ठुलो दुर्घटनाबाट बच्न सकिन्छ ।

जवरजस्ती सामाजिक मर्यादाको डरले संगै बस्दा दुईवटा जीवन ब्यार्थैमा खेर जान्छ । दुई जनाकै प्रगती हुँदैन । बिबाह सामाजिक सम्बन्ध भएपनि आत्मीयता छैन र दुवैलाई संगै बस्न सकस भएको छ भने अगल हुनु सहि कदम हो । बिबाह सम्झौता हो अलग अलग परिवारबाट आएका दुईजना संगै बसेर पुरा जिन्दगी वीताउनु देख्दा सामान्य भएपनि सोच्दा असाध्यै ठुलो त्याग हो । त्यसैले एक अर्कालाई सधैं सम्मान गर्नु जरुरी छ । एक अर्कालाई पाएकोमा गर्व गर्न सक्नुपर्छ, यदि सकिएन भने म सक्दीन अलग भएर बसौं भन्न डराउनु हुँदैन र सुनेर लोग्ने या स्वास्नीले पनि तैले मलाई धोका दिईस् भन्न मिल्दैन । धोका त त्यो हो जसले मनमा कुण्ठा बोकेर, संगै हुनु परेकोमा पश्चाताप गरेर र मनमा माया नहुँदा पनि देखावटी सम्बन्धलाई घिसारीरहेको छ ।

यस्तै कुरालाई बुझ्न सकोस्, जीवनको महत्व र सम्बन्धलाई नियाल्न सकोस भनेर त सबै बाउ आमाले छोराछोरी पढाएका हुन् नि । कती आमा हजुरआमा छन् जो समाजको डरले जीन्दगी चित्त नबुझी नबुझी बिताएका । कति बा हजुरबा छन् आफुले सोचेजस्तो श्रीमती नपरेपनि जीवन यस्तै हो सबैको चलेको छ मेरो नि चल्छ भनेर सम्झौता गरेका । हामी तिनै बा आमाका छोराछोरी र नाती नातीना हौं ।

सर्सर्ती हेर्दा बा आमाले छोराछोरी शिक्षीत बनाउनु जागीर खाएर धेरै पैसा कमाउला, समाजमा मान बढ्ला छोराछोरीले सुख पाउलान् भन्ने मात्र देखिए पनि ।यसको पहिलो मुल चाह मेरा छोरा छोरीले मैले जस्तो जीवन जीउन नपरोस् भन्ने नै हो । त्यसैले आफ्ना बिचार जसरी समाजका अरु ब्यक्तीलाई राख्न सक्छ शिक्षीत ब्यक्तीले र सहि सुझाव दिन सक्छ त्यसरी नै आफ्नो श्रीमान श्रीमती संग पनि प्रस्ट हुन सके आज मोहन र कञ्चनको जस्तो अवस्था आउँदैन ।

devkotasushma7@gmail.com

प्रतिक्रिया