अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

डोनाल्ड ट्रंपले हिलारीलाई झ्यालखाना नहाल्ने

बिआरटीनेपाल २०७३ मंसिर ७ गते २१:५६ मा प्रकाशित

अमेरिकन सञ्चार माध्यम सँग रिसले चुर भएका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले अन्तत्वगत्वा विश्व कै चर्चित पत्रिका न्यु योर्क टाइम्सलाई समय दिएका छन् l एक पटक भेट्ने तय भएता पनि ट्रंपले सामाजिक सञ्जाल ट्वीटर माध्यममा नभेट्ने भनेता पनि आखिर भेटघाट गरेका छन् l

न्यु योर्क टाइम्सका अर्थर ओ सल्जबर्गर लगायत अन्य सँग भेटघाट गरेका छन् l निर्वाचनमा न्यु योर्क टाइम्सले उनी माथि आग्रह र पूर्वाग्रह रहेको र आफूलाई अन्याय गरेको ट्रंप भन्दै रिसाएका थिए l

ट्रंपले चुनावी अभियानमा अधिकतम मात्रामा बोलेका र उठाएका मुद्धाहरु सम्बन्धी छलफल भएको थियो l उनले गर्ने अति महत्त्वपूर्ण प्रतिबद्धतामा हिलारीलाई झ्यालखान लाने , संदिग्ध आतंकबादलाई यातना सम्बन्धी महत्त्व तथा जलवायु परिवर्तन सम्बन्धी कुराकानी गरिएको न्यु योर्क टाइम्सले लेखेको छ l

ट्रंपको चुनावी अभियानमा झ्यालखानामा हिलारीलाई हाल्नु भनी गरिएको चरम भड्किलो नारा लाई ट्रंपले सहानुभूति देखाएका छन् l हिलारी क्लिन्टन र क्लिन्टन प्रतिष्ठान सम्बन्धमा आफूलाई कुनै चासो छैन भनेको न्यु योर्क टाइम्सलाई ट्रंपले अन्तर्वार्तामा भनेको जनाएको छ l

ट्रंपले आफू अगाडी बढ्ने भन्दै आफू पछाडि नफर्कने बताए l र ,ट्रंपले क्लिन्टनस लाई पिडा दिन चाहन्न भनेका छन् l अमेरिकाका राष्ट्रपति कुनै पनि व्यक्तिगत मामलामा उल्झन चाहदैनन् l ट्रंपलाई चुनाव जित्न थियो चर्का नारा लगाए र चुनाव जिते l निर्वाचित राष्ट्रपति निजी तथा व्यक्तिगत विवादमा फस्नु हुँदैन भन्ने अमेरिकन संस्कृति रहेको छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू