अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

प्रमोदको गीतमा रोए सिमान्त

बिआरटीनेपाल २०७३ मंसिर ७ गते ६:०३ मा प्रकाशित

गायक प्रमोद खरेलको बियोगान्त गीत धेरै रोएँ जिन्दगीमा धेरै झारें आँशु…मा अभिनेता सिमान्तले आँसु बगाएका छन् । गीतको भिडियोमा प्रेममा धोका खाएपछि उनी रुन बाध्य भएका हुन् ।

प्रमोद खरेलको यो मर्मस्पर्शी गीतलाई सावित्रा चिलुवालले लेखेकी हुन् । सावित्राको चाँडै नयाँ गीतिसँग्रहमा यो गीत आउँदैछ ।

गीतका भिडियोमा विवाहको लागि इगेजमेन्ट गरेकी प्रेमीकालाई एक दिन रिसोर्टमा अर्को केटासँग देखेपछि सिमान्त छानाबाट खसेजस्तो हुन्छन् । प्रेम र सम्बन्धमा धोका पाएपछि उनी रुन बाध्य हुन्छन् । गीतमा सिमान्तलाई धोका दिने प्रेमिकाको भूमिका मोडल सम्झना घिमिरे‘जस्मिन’ र सिमान्तको पिताको भूमिकामा कुमार महर्जनले निर्वाह गरेका छन् । सिमान्तको प्रेमिकालाई भगाउने पुरुष मोडलमा रौनक रौनियार छन् ।

डब्बु क्षत्रीको निर्देशनमा यो भिडियोको छायाँकन सम्पन्न भएको छ । प्रमोद भट्टले छायाँकन गरेका हुन् । भिडियोको सम्पादन मित्रदेब गुरुङले गरिरहेका छन् । यो भिडियोलाई आगामी आईतबार बिन्दवासिनी म्युजिकद्धारा युट्युव मार्फत रिलिज गरिँदैछ ।

simanta-udash-and-samjhana-in-pramod-vidio-1

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू