अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

शान्तिप्रियको माया फापेन ….

बिआरटीनेपाल २०७३ मंसिर १ गते ७:५५ मा प्रकाशित
चलचित्र पत्रकारका रुपमा चिनिएका शान्तिप्रियलाई माया नफापेको कुरा उनी आफैंले उजागर गरेका छन् । खासगरी चलचित्र पत्रकारिता र चलचित्र उद्योगका बारेमा आफ्ना विचारहरु पस्कँदै आएका शान्तिप्रियले आफुलाई माया नफापेको कुरा उनको कुनै वक्तव्य नभएर गीत मार्फत उजागर गरेका हुन् ।
पछिल्लो चरणमा एकपछि अर्को गीत लेखनमा सफलता पाउँदै गएका शान्तिप्रिय चलचित्र छक्का पञ्जाको ‘देखन चम्पा सुनन चम्पा’ गीतबाट चर्चित छन् ।unnamed-1
शान्तिप्रियले चाँडै नै ल्याउन लागेको गीति एल्वमका लागि एकपछि अर्को गीत प्रकाशनमा ल्याउने क्रममा एल्बमको दोश्रो गीत …म त माया नफापेको मान्छे …को म्यूजिक भिडियो तयार पारिएको छ । यसअधि प्रमोद खरेलले गाएको गीत म त माया गर्ने मान्छे … को केहि अघिमात्र भीडियो तयार पारिएको छ ।
‘म त माया नफापेको मान्छे’ बोलको गीतको भिडियो नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा छायांकन गरिएको हो । भिडियोमा केहि चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री अनामिका चौलागाईले मुख्य भूमिका निर्वाह गरेकी छिन् । अनामिकाको साथमा माधव पौडेल, सुमन खतिवडा, निशा थापा आदिले भिडियोमा अभिनय गरेका छन् । गीतलाई बाबुराम नेपालीले खिचेका छन् भने राजीव बलामीले कोरीयोग्राफी गरेका हुन् । निर्देशक सवनम मुखियालाई शान्त बहादुर तामाङले सहायक निर्देशक भइ सघाएका हुन् भने श्रृंगार विना पाण्डे र वृmति बरालले गरेका थिए । भीडियोको सम्पादन अरुण शर्माले गर्दैछन् । unnamed-2
शान्तिप्रियको शब्दमा रहेको यो गीतका संगीतकार सन्तोष श्रेष्ठ हुन् भने गायिका अञ्जना गुरुङ हुन् । गीतको एरेञ्जर सुदीप सागर हुन् भने मिक्सीङ भोला पौडेलले गरेका हुन् । गीतको भिडियो चाँडै यु ट्युव मार्फत सार्बजनिक गरिने  र पछि एल्वम लिएर आउने गीतकार शान्तिप्रियले बताए ।
प्रतिक्रिया