अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

टंक बुढाथोकीको ‘कान्छी रे’ मा अर्चनाको हट अवतार (भिडियो सहित )

बिआरटीनेपाल २०७३ कार्तिक २८ गते ९:०५ मा प्रकाशित

गायक टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टंकले स्वयम्ले लेखेको यो रोमान्टिक गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो ।

‘काली तिम्रो नजरैले’,‘घन्टी बज्यो’ बोलका हिट डान्सिङ नम्बर दिएका गायक बुढाथोकीले यो गीतलाई पनि फरक ढंगबाट गाएका छन् । स्वरमा उनलाई गायिका टिका प्रसाईले साथ दिएकी छिन् । ‘संगीत भनेको मान्छेको रमाउने बहाना हो,’ गायक बुढाथोकीले भने, ‘त्यसैले म सधैं दर्शकलाई नचाउने र मनोरञ्जन गराउने खालको गीत बनाउन रुचाउँछु, यो गीतमार्फत पनि त्यही प्रयास गरेको छुँ ।’unnamed-1

टंक संगीतकार र म्युजिक एरेन्जर पनि हुन् । उनले गाउने गीतमा उनी आफै संगीत भर्छन् । ‘कान्छी रे’को संगीत पनि उनले नै गरेका हुन् । भन्छन्, ‘मलाई आफ्नै संगीतमा गाउँदा गीतलाई अझै न्याय गर्न सकिन्छ भन्ने लाग्छ ।’ उनले संगीत गरेको ‘तिमी बाटो फेरेउ अरे’ बोलको गीत दर्शकले निकै रुचाइरहेका छन् ।

अष्ट्रेलियामा रहेर म्युजिक भिडियोको निर्देशनमा सक्रिय देखिएका जीवन रसाईलीले ‘कान्छी रे’को भिडियो तयार पारेका हुन् । गीतको छायांकन र सम्पादन पनि उनले नै गरेका हुन् । गीतको भिडियोमा आइटम डान्सर अर्चना डेलाल र मोडल दिपक परियारले अभिनय गरेका छन् । कोरियोग्राफर सुसन योञ्जनले गीतमा उनीहरुलाई नचाएका छन् । अर्चनाको हट अवतार समेत भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया