अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

राष्ट्रपति बने लगत्तै प्रतिद्वन्द्धी हिलारीको प्रशंसा किन गरे ट्रम्पले ?

बिआरटीनेपाल २०७३ कार्तिक २४ गते ९:४४ मा प्रकाशित

अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन तर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले आफ्नी प्रतिद्धन्द्धी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएको केही समयपछि हिलारीले टेलिफोन मार्फत ट्रम्पलाई बधाई दिएकी थिइन् भने नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले पनि हिलारीले देशको लागि गरेको कडा परिश्रम र सेवाप्रति आफू आभारी भएको भन्दै हिलारीको प्रशंसा गरेका छन् ।

अहिले सम्म कुनै पनि सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प विजयी भएसंगै उनी चर्चाको विषय पनि बनेका छन् । धेरैको अनुमान थियो यो चुनाव हिलारी क्लिन्टनले नै जित्नेछिन् । तर सर्वेक्षण परिणाम र अनुमानलाई गलत साबित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पदमा निर्वाचित भए ।

मतपरिणाम आउन केही घण्टा अघि सम्म हिलारी क्लिन्टनका समर्थकहरु उत्साहित थिए । रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि विजयी हासिल गर्नेमा उनीहरू विश्वस्त थिए ।

तर परिणाम ट्रम्पको पक्षमा आयो । राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले त्यति मत प्राप्त गरेका थिए ।

‘विशेष मत’ (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्पले २८८ र क्लिन्टनले २१५ मत प्राप्त गरे ।
बाराक ओबामाले चार वर्षअघि जितेका केही ठुला तथा मझौला ठुला राज्यहरू फ्लोरिडा, ओहाहियो, पेन्सलभेनिया, मिचिगन, विस्कनसिनका मतदाताले ट्रम्पको पक्ष दिएका थिए । अमेरिकाका ठूलाठूला सहरका मतदाताले क्लिन्टनलाई मत दिए पनि ग्रामीण इलाकामा मतदाताले ठुलो सङ्ख्यामा ट्रम्पलाई भोट दिएको सर्वेक्षणले जनाएको छ ।

त्यस्तै, कलेज पढेका, महिला तथा अल्पसंख्यकले मुख्यत: हिलारीलाई भोट दिए पनि गोरा अमेरिकी पुरुष, त्यसमध्ये पनि कलेज नपढेकाहरुले ठुलो सङ्ख्यामा ट्रम्पलाई भोट हालेपछि उनले जित हात पारेका हुन् ।

नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू