अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

नलिना चित्रकार र सन्जिब प्रधानले तताए बेल्जियमको ब्रुसेल्स

बिआरटीनेपाल २०७३ कार्तिक २० गते १:३२ मा प्रकाशित

गायिका नलिना चित्रकार तथा चर्चित गाएक सन्जिब प्रधानले बेल्जियमको ब्रुसेल्समा आफ्नो प्रस्तुती दिएका छन् । हिन्दुहरुको दोस्र्रो ठुलो पर्व तिहारको अवसर पारेर अन्तरास्ट्रिय कलाकार मंच युरोप महाशाखा र एन आर एन ब्रुसेल्सको संयुक्त आयोजनामा बेल्जियमको सुन्दर पर्यटकीय नगर युरोपको राजधानी ब्रुसेल्समा भएको सांस्कृतिक साँझमा गायीका गायिका नलिना चित्रकार तथा गायक सन्जिब प्रधानले आफ््नो प्रस्तुती दिएका हुन्।unnamed-1

अन्तरास्ट्रिय कलाकार मंच युरो महाशाखाका अध्यक्ष दयाराम पौड्याल र एन आर एन प्रतिनिधि तथा समाज सेबी यसोदा थापा द्वारा संयुक रुपमा पानसमा बत्ति बालि कार्यक्रमको सुभारम्भ गरिएको कार्यक्रममा एन आर एन बेल्जियमका उपाध्यक्ष एन आर एन ब्रसेल्सका संयोजक भिम सुबेदी , एन आर एन ब्रसेल्सका प्रतिनिधिहरु तथा विभिन्न सामाजिक संगठनका प्रतिनिधिहरु , कलाकारहरुको उपस्थिति रहेको थियो ।unnamed-2

युरोप महासाखाको तर्फबाट महासाखा कोषाध्यक्ष योगिता थापाले कार्यक्रम ब्यबस्थापन , टिकट बिक्रि वितरण , हल सजावट र कार्यक्रम सम्बधि आबस्यक प्रचार प्रसार गर्नु भएको थियो भने कार्यक्रम संचालन तथा उद्घोषण सन्तोष खड्का ले गर्नु भएको थियो ।

कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा ३ भाषामा तयार पारिएको नेपालि कथानक चलचित्र टेम्पो चालक ( निर्देश गङ्गा बहादुर नेउकुल) प्रदर्शन गरिएको थियो भने कार्यक्रमको दोश्रो चरणमा चर्चित गायिका नलिना चित्रकारले आफ्ना बहुचर्चित गीतहरुबाट दर्शक हरुलाई भरपुर मनोरंजन गराउनु भएको थियो । त्यसै गरि चर्चित गाएक सन्जिब प्रधान ले आफ्ना सुपर हिट गित बाट दर्शकहरुलाई खुबै नचाएका थिए ।unnamed

अन्तरास्ट्रिय कलाकार मंच द्वारा आमन्त्रित नब गायिका रेजिना रिमाल श्रेष्ठले आफ्नो सुरिलो स्वरमा केहि चर्चित नेपालि गित गाएर कार्यक्रममा उपस्थित सबैको प्रसंसा बटुल्न सफल हुनुभएको थियो। स्मरण रहोस, गायिका रेजिना रिमाल नेपालमा बक्स अफिश रास्ट्रिय एवार्ड, ईमेज एवार्ड ,हिट्स एफ एम एवार्डका साथै दर्जनौं एवार्ड बिजेता हुनुहुन्छ ।

कार्यक्रममा स्थानीय स-साना कलाकार भाई बैनीहरुको प्रस्तुतिले कार्यक्रममा भिन्नै रौनक थपेको थियो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रशिक्षण प्राप्त साउण्ड ईडिटर सन्तोष नेउपानेले ब्यबस्थापन गर्नु भएको साउण्ड क्वालिटी लाई सबै भन्दा राम्रो पक्ष मानिएको थियो भने , कार्यक्रम सफल बनाउन अहम भूमिका निर्बाह गर्ने ज्याक अमात्य लाई मंच द्वारा धन्यबाद ज्ञापन गरिएको थियो ।

कलाकार मंच युरोप महाशाखाले नेपालि कला र संस्कृतिको प्रचार गर्दै नव प्रतिभाको खोजि गरि उनीहरुलाई प्रोत्साहन गर्दै कार्यक्रमको लागि मंचको ब्यबस्थापन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू