अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

शीतल निवाससम्म एउटै कारमा दुई राष्ट्रपति (फोटो फिचर)

बिआरटीनेपाल २०७३ कार्तिक १७ गते ९:४८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै । काठमाडौँ, १७ कात्तिक । नेपाल भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीले एउटै कारमा यात्रा गरेका छन् । बुधवार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मुखर्जीलाई राष्ट्रपति भण्डारीले स्वागत गरिसकेपछि दुबैजना विमानस्थलदेखि एकै कारमा शीतलनिवाससम्म यात्रा गरेका थिए । दुई देशका राष्ट्रपति दुई देशको झण्डा राखिएको गाडीमा शीतलनिवासतर्फ अघि बढे । शीतल निवासमा दुई राष्ट्रपतिबीच भेटवार्ताको तय गरिएको थियो । दुई राष्ट्रपति विमानस्थलबाट तिनकुने, माइतीघर, जमल, लाजिम्पाट हुँदै शीतल निवास पुगेका थिए ।

तीन दिने नेपाल भ्रमणको सिलसिलामा मुखर्जी नेपाल आएका हुन् ।

president-of-india6

president-of-india5

president-of-india4

president-of-india3

president-of-india2

 

तस्बिरहरू सबै राससबाट ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू