अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

कुङ्गा शेर्पा पनि मैदानमा उत्रिदै, गैह्र आबसिय नेपाली सङ्घमा नेतृत्वको लागि चहलपहल सुरु

बिआरटीनेपाल २०७३ कार्तिक १७ गते ९:१७ मा प्रकाशित

गैह्र आबसिय नेपाली सङ्घको आसन्न चुनाव नजिकदै जाँदा नेतृत्वको पनि होडबाजी सुरु हुन थालेको छ l आफूलाई अब्बल र सक्षम छु भनेर देखाउन विभिन्न सञ्चार माध्यम मार्फत उमेद्वारी घोषणा लगायत आफूले गरेका कामहरूको समेत चर्चा परिचर्चा सुरु हुनको साथ साथै आफू नेतृत्व हाक्न सक्षम छु भन्ने कुराहरू र मतदाताहरुलाई आफ्नो पक्षमा पार्न गुटबन्दी सहित कसरत पनि सुरु भइसकेको छ l विश्वको शक्तिशाली मुलुक अमेरिकामा बस्दै आएका नेपालीहरूलाई गैह्र आबसिय नेपाली सङ्घको आसन्न चुनाव नजिकदै गर्दा आफू नेतृत्व सम्हाल्न सक्षम छु भनेर देखाउने होडबाजीनै सुरु भइसकेको छ l

विगत दुई दशक देखि अमेरिका र कोरियामा बसेर आफ्नै व्यापार व्यवसाय सम्हाल्दै नेपालमा सामाजिक कार्यहरूमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएका कुङ्गा ताक्तोक शेर्पाको पनि अहिले एनआरएनए अमेरिका देखि केन्द्र सम्म आफ्नो उम्मेदवारी घोषणा गर्ने कुराले चौतर्फी चर्चामा चुलिदै गएको छ l विगत लामो समय देखि गैह्र आवासीय नेपाली सङ्घलाई नजिक बाट नियाली रहेका शेर्पाले सङ्घमा नेतृत्व वर्गले सोचे अनुरूपको काम गर्न नसकेको हुँदा साथै नेतृत्व वर्ग आफ्नो स्वार्थमा लिप्त भएको कारणले गर्दानै नेपाल र नेपालीहरूको हकहितको लागि काम गर्न नसकेको विविध कारणले गर्दा पनि अबको नेतृत्वमा आफूले उम्मेदवारी घोषणा गर्न सक्ने प्रबल सम्भावना रहेको जानकारी उनी गराउछन l उनी भन्छन् जुन उदेश्यको लागि गैह्र आबसिय नेपाली सङ्घ गठन गरिएको थियो त्यो उद्देश्य अहिले सम्म पुरा हुन सकेन त्यसकारण पनि सङ्गठनलाई मजबुत बनाउदै संसारभर छरिएर बसेका नेपालीहरूको छाता सङ्गठन गैह्र आबसिय नेपाली सङ्घलाई माथि उठाउन एक सक्षम नेतृत्वको आवश्यक परेको हुँदा आफूले उम्मेदवारी घोषणा गर्न सक्ने सम्भावना रहेको उनी बताउछन l

गैह्र आवासीय नेपाली सङ्घ सम्पूर्ण विदेशमा छरिएर बस्ने नेपालीहरूको साझा सङ्गठन भएको हुँदा एक सबल, सफल नेतृत्वको चाहना हुनु स्वाभाविकनै हो l अबको नेतृत्व भनेको व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सङ्गठनको हकहित र सम्पूर्ण नेपालीहरूको बारेमा सोच्न र काम गर्न सक्ने क्षमता भएको सबल नेतृत्व हुनु पर्छ l गैह्र आवासीय नेपाली सङ्घ कुनै राजनीति ,पैसा र जात जातीय विखण्डन गर्ने मात्र खेलमा चल्ने सङ्गठन नहोस भन्ने कुरालाई शेर्पाले आत्मसात गर्दै अगाडी बढ्ने कुरा उनी बताउछन l

सन १९९२ देखि नेपालमा अनाथ अपाङ्ग देखि शिक्षा, खेलखुद र संचारक्षेत्रमा सेवा गर्दै आफ्नो नेपाल आमा प्रतिको दायित्वलाई पनि निर्वाह गर्दै आएका शेर्पा भन्छन् मलाई कुनै पनि सङ्गठन भित्र राजनीति गर्नु छैन तर सङ्गठन भित्रको चलखेललाइ खबरदारी गर्नु एक नागरिकको हैसियतले सबैको दायित्व हुन आउँछ र उनी थप्छन उनलाई राम्रो सँग थाहा छ जब यस सङ्गठनको जन्म भएको दिन देखि आजसम्म यस सङ्गठनलाई यहाँ सम्म लिएर आउने हाम्रा अग्रजहरूको मेहनत, लगाव, परिश्रमलाइ हामीले बिर्सनु हुन्न l अहिले सम्म आफू कुनै पदको लोभ लाल्चामा नफसेको र पदलाई भन्दा काम र समाजसेवा लाई प्राथमिकता दिँदै र काम गर्दै आएको कारणले गर्दा पनि भाषण मात्र गर्ने भन्दा काम गर्न सक्ने सबल नेतृत्व हुन पर्छ, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नेपाल र संसारभर छरिएर बसेका गैह्र आवासीय नेपालीहरूको हक हितमा काम गर्न सक्ने र सङ्गठनलाई मजबुत बनाएर सबैलाई एकसाथ मिलाएर लान सक्ने क्षमता, ईच्छाशक्ति र इमानदारी भएको नेतृत्वनै अबको एनआरएनएहरुको रोजाइ र चाहना हो र त्यही कुरालाई मध्यनजर गर्दै आफू पनि अबको दिनमा अगाडी बढ्ने कुरा उनी बताउछन l

प्रतिक्रिया