अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

सागमा स्वर्ण विजेता नेपाली खेलाडी र आयोजकलाई पूर्वराजाको बधाई

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ५:२४ मा प्रकाशित

नेपालले सागमा प्राप्त गरेको सफलताका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले सहभागी खेलाडी र आयोजकहरुलाई बधाई दिनुभएको छ । उहाँले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति हार्दिक शुभकामना पनि दिनुभएको छ ।

उहाँले १३ औँ सागमा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा अत्यन्त खुशी लागेको उल्लेख गर्दै यो उपलव्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाई दिनुभयो । ‘आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलव्धि हासिल भईरहोस् भन्ने भेरो कामना रहेको छ,’ पुर्वराजाले भन्नुभएको छ ।

ज्ञानेन्द्रले १३ औँ साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा आयोजक एवं व्यवस्थापक सबैप्रति धन्यवाद व्यक्तसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू