अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

नेपाली उत्पादनहरुको प्रस्तुती मेडईन नेपाल मेला शुरु

बिआरटीनेपाल २०७४ चैत २ गते १९:१२ मा प्रकाशित


काठमाण्डौ स्थित भृकुटीमण्डमा छैठौं मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी शुरु भएको छ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले राईजिङ नेपाल प्रालि तथा माईस इन्टरनेशनल प्रालिको व्यवस्थानमा युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गरेको हो ।

मेलाको उद्घाटन महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गरेकी थिइन । उनले मुलुकमा राजनैतिक स्थीर भएसँगै संक्रमणकालको अनत्य भएको बताइन् । उनले मुलुक प्राकृतिक साधनमा धनि भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ ।

युवा उद्यमी मञ्चका अध्यक्ष बरुण लोहियाले स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिएको बताए । स्वदेशी उत्पादनलाई प्रचार प्रसार गर्न मेला आयोजना गरेको उनको भनाइ छ ।

कमिटी चेयर सुदर्शन बस्नेतले विगतमा मुलुकमा सियो पनि नबन्ने भनिएतापनि अहिलेसम्म आइपुग्दा सिमेन्ट, जुत्ता, कपडा लगायत मुलुकमै बन्ने गरेको बताए । उनले १५ देखि २० प्रतिशत महङ्गो भएपनि स्वदेशी उत्पादननै प्रयोग गर्न पर्ने जोड दिए ।

आयोजकका अनुसार प्रदर्शनीमा ७५ वटै जिल्लाका विभिन्न स्वदेशी उत्पादनहरु राखिनेछ । करिब १ सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकहरु सहभागि हुने उक्त मेलामा लाखौ संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेला चैत ४ गतेसम्म चल्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू