अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका ५ योजनाहरु

बिआरटीनेपाल २०७४ फागुन ५ गते १०:२२ मा प्रकाशित

१. ६ नम्बर प्रदेशमा रहेका प्रत्येक स्थानीय तहमा सडक सञ्जाल र विद्युतको पहुँच विस्तार गर्ने ।

२ . दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वाताबरण बनाउने ।

३. ६ नम्बर प्रदेशका प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पतालहरुको विकास गर्ने ।

४ .मानसरोवर, छायानाथ, कैलाश पर्बत, राराताल, शे फोक्सुडोताल, सुर्खेतको काक्रेविहार, कालिकोटको त्रिबेणी, दैलेखको ज्वाला केन्द्र जस्ता कर्नाली प्रदेश भरीका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरुलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने ।

५ . कर्नाली प्रदेश हिमालय पर्बतको बढी प्रभाव क्षेत्र भएकाले अहिले ब्याप्त बढ्दो जलबायु परिवर्तनले पारेको असरलाई नियन्त्रण गर्न यो प्रदेशलाई ग्रिन प्रदेशको रुपमा विकास गर्ने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू