अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

पहिराे खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द

बिआरटीनेपाल २०७९ साउन २३ गते ७:४८ मा प्रकाशित

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा आज साेमवार बेलुका ५ बजेतिर पहिरो खसेपछि यो सडक खण्डमा गाडी चल्न सकेका छैनन् ।

लेदोसहितको ठूलै पहिरो खसेकाले पहिरो पन्छाएर गाडी सञ्चालन गर्न अझै एक/दुई घण्टा जति लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने गाडी बीच बाटोमै रोकिएका छन् ।

अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू