अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

तयारी नपुगेको भन्दै अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने माओवादी केन्द्रको मंगलवारको केन्द्रीय कमिटी बैठक स्थागित

बिआरटीनेपाल २०७९ असार २१ गते ८:२७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको आजको बैठक स्थगित भएको छ।गृहकार्य आवश्यक भएकाले आजको बैठक स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा असार १९ गते सुरू भएको माओवादी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष दाहालले जवाफ दिने कार्यक्रम थियो।

यसअघि बैठकमा बोलेका केन्द्रीय कमिटी सदस्यहरूले बैठक लम्ब्याएर भए पनि पार्टी पदाधिकारी चयन गर्नुपर्ने माग गरेका थिए ।केन्द्रीय सदस्यहरूले आगामी संघीय संसद र प्रदेश सभाको चुनावमा कसरी जाने भन्नेबारे पनि फरक धारणा राखेका छन्। धेरैले अहिलेकै सत्ता गठबन्धनलाई कायम राखेर चुनावमा जानुपर्ने बताएका छन् भने केहीले वृहत वामपन्थी तालमेल गरेर अघि बढ्नु पर्ने बताएका छन्।

बैठकमा उठेका सबै विषयमा अध्यक्ष प्रचण्डले जवाफ दिने भनिएको दिनको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो। मल्लका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू