अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भेटिएलगत्तै सिल गरिने, सुरक्षा मापदण्ड पालना नगर्ने कार्यालय तत्काल बन्द हुने

बिआरटीनेपाल २०७७ साउन २३ गते ५:५३ मा प्रकाशित

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यकबाहेकका कामहरुमा नियन्त्रण गरिने भएको छ ।शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको हो ।

जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले सरकारी तथा निजी कार्यालयका काम नियन्त्रित गर्ने निर्णय गरिएको हो ।जिल्ला प्रशासन (सिडियो) कार्यालयहरुमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने छ । तत्काल लकडाउन(बन्दाबन्दी) नगरिए पनि उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ भने गरिने छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार, ‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ ।’ त्यसअनुसार टेकु, महाबौद्ध क्षेत्र सिल गरिने भएको छ ।सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ ।

उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृह मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि भएको छ ।उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उपत्यकामा संक्रमण बढ्दै गएमा स्थानीय प्रशासनले निषेधाज्ञासम्म लगाउन सक्ने गरी तयारी गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू