अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

१८ घण्टापछि कर्णाली राजमार्ग सञ्चालनमा

बिआरटीनेपाल २०८१ भदौ २३ गते ६:१५ मा प्रकाशित

पहिराे खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग १८ घण्टापछि सञ्चालनमा आएकाे छ । हिजाे बेलुकीकाे वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकाेटकाे शुभकालिका गाउँपालिका–१ एसमोड र गगने खोलामा ढुङ्गासहितको पहिराे खस्दा राजमार्ग अवरुद्ध भएको थियाे ।

जिल्ला प्रहरी कार्यालय कालीकोट, सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकाेटकाे सक्रियतामा राजमार्ग पूर्णरूपमा खुलेकाे कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू