अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

देशका पूर्वी र पश्चिमी केही क्षेत्रमा वर्षा

बिआरटीनेपाल २०८१ जेठ १२ गते ५:५५ मा प्रकाशित

अहिले देशका विभिन्न जिल्लामा पानी परिरहेको छ । दिउँसोदेखि दैलेख, प्युठान, कास्की, काभ्रे, सिन्धुपाल्चोक, ओखलढुङगा, सर्लाही, सिन्धुली र खोटाङमा पानी परिरहेको हो । त्यस्तै पाँचथर र इलाममा दिउँसो पानी पर्‍यो । ती दुई जिल्लामा अहिले रोकिएको छ । स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले आज देशका पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा पानी परेको हो । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि छिटफुट वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू