अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ८:०९ मा प्रकाशित

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएकाे छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवा भएकाे जानकारी दिनुभएकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा हुनुभएको हो । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ २०७९ साल पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू