अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

रेसुङ्गा विमानस्थलबाट आजदेखि हप्तामा ३ वटा उडान

बिआरटीनेपाल २०८० चैत ५ गते ५:५५ मा प्रकाशित

गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि हप्ताको तीन वटा उडान शुरु भएको छ । यसअघि हप्तामा बुधवार र शुक्रवार गरी दुई वटा उडान गर्दै आएको राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सले आजदेखि थप एउटा उडान भर्न शुरु गरेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

यात्रुको चाप बढेपछि नेपाल एअरलाइन्ससँग समन्वय गरी हप्तामा तीन वटा उडान शुरु गरेको रेसुङ्गा नगरपालिकाका मेयर खिल्धवज पन्थीले बताउनुभयो । यात्रुको चापका आधारमा आउँदा दिनमा उडान थप गर्नका लागि पहल गर्ने मेयर पन्थीको भनाइ छ । गुल्मीमा धुले उडान भएको चार वर्षपछि मात्र व्यावसायिक उडान शुरु भएको हो ।

प्रतिक्रिया