अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

प्रधानमन्त्री प्रचण्डले भोलि पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने

बिआरटीनेपाल २०८० चैत ३ गते ५:१५ मा प्रकाशित

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।

उहाँले भोलि एक भव्य कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने पनि जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्ड आजै पोखरा पुगिसक्नुभएको छ । उहाँले पर्यटकीय राजधानी घोषणा कार्यक्रमको अवसरमा बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा छ । मेयर आचार्यले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया