अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

अनेसास नवरत्न पुरस्कार सम्पन्न

बिआरटीनेपाल २०८० माघ १५ गते १५:३८ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले हरेक दुई /दुई वर्षमा कुनै पनि देश/क्षेत्रमा रहेर विभिन्न विधामा समर्पित भएर कार्य गरी रहेका नारीहरूलाई अनेसास नवरत्न पुरस्कारले सम्मान गर्ने गरेको छ।यो वर्ष २०२३ को अनेसास नवरत्न पुरस्कार पनि जनवरी २७ को बिहान जुम मार्फत अनेसासले विभिन्न क्षेत्रका महिलाहरूलाई प्रदान गरी सकेको छ। नगद $२५० ०० सहित सम्मान पत्रले विभूषित हुने नारीहरूमा कोलोराडोबाट अनेसास कोलोराडो च्याप्टरकी भूतपूर्व अध्यक्ष कलमकर्मी आचार्य प्रभा,बोष्टनकी गीत सर्जक अनु शाह,क्यालिफोर्नियाकी कलमकर्मी रीता देवी प्रधान,न्युयोर्ककी ज्योति राई,न्युजर्सीकी शान्ता अधिकारी,बेलायतबाट माया गुरुङ,युरोपबाट डा संगीता स्वेच्छा,समाज सेवातर्फबाट डिसीबाट मञ्जु कार्की संग्रौला र काठमाडौँ महानगर पालीकाकी उप मेयर सुनिता डंगोल पुरस्कृत भएका छन्। अनेसास विशुद्ध साहित्यिक संस्था भए पनि हरेक क्षेत्रमा समर्पित महिलाहरूको कदर गर्दै साहित्य बाहेक अन्य क्षेत्रमा काम गरी रहेका महिलाहरूलाई थप ऊर्जा प्रदान गर्न अनेसास नवरत पुरस्कार प्रदान गर्ने अनेसासले निर्णय गरेको हो। भूतपूर्व केन्द्रीय अध्यक्ष गीता खत्रीद्वारा निर्णय गरिएको यो पुरस्कारले निक्कै नारीहरूले पुरस्कृत हुने मौका पाएका छन् ।

यसपटकको नवरत्न पुरस्कार कार्यक्रम विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थितिमा जुम मार्फत सम्पन्न गरिएको थियो भने पुरस्कार छनौट समितिकी संयोजक केन्द्रकी सदस्य तारा अधिकारी,केन्द्रकी महा सचिव,विमला निरौला ,अनेसास केन्द्रीय कार्य समिति अध्यक्ष गोवर्द्धन पूजा र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकारले उक्त सम्मान पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रमको सञ्चालन विमला निरौलाले गर्नु भएको थियो भने कार्यक्रम विभिन्न साहित्यिक क्षेत्रका व्यक्तित्वहरूले आ-आफ्ना मन्तव्य दिएका थिए। उक्त कार्यक्रममा स्व नन्दा देवी सुवेदीको स्मरण गर्दै मौन धारण पनि गरिएको थियो।

कार्यक्रममा जूम मार्फत उपस्थित पुरस्कृत नारीहरूले अनेसास नवरत्न पुरस्कारले आफूहरूलाई आ-आफ्नो क्षेत्रमा अझ निरन्तर काम गर्न थप ऊर्जा दिएको बताएका थिए भने साहित्यकार आचार्य प्रभाले भने आफूले पुरस्कार स्वरूप प्राप्त गरेको $२५० ०० मृगौला पीडित हरि मानन्धर जो अनेसासकै एक हिस्सा बनेर काम गरी सकेका लेखक तथा मिडियाकर्मी (नेपाल) ,अर्की साहित्यमा समर्पित कल्पना अधिकारी जो क्यान्सर रोगले ग्रसित (नेपाल) अर्का नव लेखक विनोद श्रेष्ठ जो आफ्नो आधा शरीर अपाङ्ग भएकोको कारणले आफूले चाहेजस्तो साहित्य सेवा गर्न नसकेको र कार्यक्रमहरूमा उपस्थित हुन नसकेकोले व्हिल चियर खरिद गर्न सबैसँग सहयोगको अपिल गरी रहेकोले उनीहरूलाई आफूले पाएको नगदबाट जति हुन्छ सहयोग गर्ने इच्छा जाहेर गर्दै उक्त (नगद दाताहरू) प्रायोजक बनेका महानुभावहरुप्रती आभार व्यक्त गर्दै आफूलाई पनि दात्री बन्ने अवसर दिएकोमा पुरस्कृत भएको जति नै थप मन प्रफुल्ल भएको बताइन्। कार्यक्रमको अन्त्यमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू