अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

बिआरआई दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन : गृहमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० माघ १३ गते ६:०४ मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको बताउनुभएको छ । सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताउनुभयो । उहाँले बीआरआई नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको बताउनुभयो । उहाँले नेपाल-चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध कुटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू