अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

पश्चिम तराईमा दिउँसाे पनि बाक्लो हुस्सु र कुहिरो

बिआरटीनेपाल २०८० माघ १३ गते ५:५८ मा प्रकाशित

पश्चिम तराईमा अहिले पनि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पूर्वी तराईमा बिहान लागेको बाक्लो हुस्सु तथा कुहिरो दिउँसोपछि केही खुलेको भए पनि पश्चिम तराईमा भने कायमै रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । पूर्वी तराईको मौसम बेलुकासम्म सुधार हुँदै जाने महाशाखाले जनाएको छ । पश्चिम तराईमा भने बेलुकासम्म नै हुस्सु लाग्ने सम्भावना छ ।

तराईमा लामो समयदेखि लागिरहेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । तीव्र गतिको हावा नचलेको र पानी नपरेकाले निरन्तर हुस्सु कुहिरो लागेको मौसमविद् झाले बताउनुभयो ।

यसैबीच आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहान पौने ९ बजे काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र तराईमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण काठमाण्डौ उपत्यकासहित देशभरी नै चिसो बढेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू