अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

नेपाली कांग्रेसका महामन्त्री थापाको संवाद यात्रा शुरु

बिआरटीनेपाल २०८० माघ १३ गते ५:५५ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची पुलबाट संवाद यात्रा शुरू गर्नुभएको छ ।भद्रपुरमा रहेको मेची पुल नजिकै आयोजना गरेको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकमा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्न संवाद यात्राको शुरू गरेको बताउनुभयो ।नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा शुरु गरेको भन्दै उहाँले यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको बताउनुभयो । कांग्रेसप्रति नागरिकको गुनासो सुन्न र समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले नागरिकको दुःख र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमिकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताउनुभयो । यात्राका क्रममा औपचारिक सभा नगरि भेटघाट गर्ने कार्यक्रम छ । कांग्रेस केन्द्रीय समितिले आजैदेखि ‘समुदायमा कांग्रेस’ अभियान पनि शुरु गरेको छ ।

महामन्त्री थापाले आजै झापा चोकमा चिया संवाद, कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गतेसम्म चल्ने थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू