अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख काठमाडौँमा, उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै

बिआरटीनेपाल २०८० माघ १२ गते ६:१० मा प्रकाशित

चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आउनुभएको छ । उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उहाँ नेपाल आउनुभएको हो । आज बिहान हैयान तीन दिने भ्रमणका लागि काठमाडौँ ओर्लिनुभएको हो। तीन दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुने छ ।

सुनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्नुभएको छ । उहाँशनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने कार्यक्रम छ ।। त्यस्तै साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने बताईएको छ ।

आइतबार ९ देखि ११ बजेसम्म सोल्टी होटलमा हुने एउटा कार्यक्रममा उहाँ सहभागी हुनुहुने छ । आइतबार ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने र आइतबार नै हैयानले माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू