अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

कांग्रेसको धर्म देशको हित गर्नु हो : महामन्त्री थापा

बिआरटीनेपाल २०८० माघ १२ गते ५:३७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ । शुक्रबार ७८ औं स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको हो ।

महामन्त्री थापाले कांग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि बताउनुभयो । उहाँले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताउनुभयो । महामन्त्री थापाले कांग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताउनुभयो । निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पार्नुभयो ।

महामन्त्री थापाले शनिबारदेखि देशभर समुदायमा कांग्रेस अभियान शुरु हुने जानकारी पनि दिनुभयो । उहाँले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशिल सदस्यता भएका सबै नेताहरुलाई जान आग्रह गर्नुभयो । उहाँले शहीद दिवसको दिन केन्द्र र जिल्लामा नबसी आफ्नो वडाको कार्यक्रममा जान नेताहरुलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू