अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

गण्डकीमा माओवादीकी मनरूपा शर्मा विजयी

बिआरटीनेपाल २०८० माघ ११ गते ६:०१ मा प्रकाशित

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनरूपा शर्मा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको छ । बिहीबार अपराह्न सकिएको मतगणनामा शर्मा ३६६० मतभारसहित निर्वाचित हुनुभएको हो । शर्मालाई स्थानीय तहका प्रमुख तथा उपप्रमुखबाट ९५ र ३५ जना प्रदेश सभा सांसदले मतदान गरेका थिए। यद्यपि औपचारिक घोषणा हुन बाँकी छ।

यहाँ नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले २५५३ मतभार ल्याएर पराजित हुँदा भने राप्रपाकी गौ माया श्रेष्ठले १०६ मतभार पाउनुभयो। एक प्रदेश सभा सदस्य र एक स्थानीय तहका जनप्रतिनिधिको गरी कूल ७२ मतभार बदर भएको थियो। देवकोटालाई स्थानीय तहका ७३ जना प्रमुख तथा उपप्रमुख र २२ जना प्रदेश सांसदले मत दिएका थिए। गण्डकीमा सत्ता गठबन्धनबाट १०१ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन्। जसमा ५ जनाले विपक्षी एमालेमा मतदान गरेको मत परिणाममा देखिन्छ।

पर्वतकी मनरूपा शर्मा २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएर लाग्नुभएको थियो । माओवादी भ्रातृ संगठन अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०मा आवद्ध भएर लागेकी शर्मा त्यसयता निरन्तर माओवादी राजनीतिमा हुनुहुन्छ पर्वतको कुश्मा–१० पीपलटारीकी शर्मा भूमिगत अवस्थामै महिला संगठनमा रहेर काम गर्नुभएको थियो। उहाँले कास्की, गुल्मी, स्याङ्जा आदि जिल्लामा काम गर्नुभएको छ। महिला संगठनमा आबद्ध भएर जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै अहिले उहाँ पार्टीको पर्वत जिल्ला संयोजक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू