अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

कांग्रेस नेता सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित

बिआरटीनेपाल २०८० माघ ११ गते ५:२६ मा प्रकाशित

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभएको हो ।

सिटौलाले ५२९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाका उद्धव पौडेलले ४५६२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १४८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू