अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

मधेश सरकारबाट जनमत बाहिरियो, भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा

बिआरटीनेपाल २०८० माघ ९ गते ६:०४ मा प्रकाशित

मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले दमन र भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ । पार्टीको संसदीय दलको मंगलवारको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिँदै पार्टीका अध्यक्ष डा। सीके राउतले सरकारबाट बाहिरिएर भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिनुभएको हो ।‘जसपा नेतृत्वको मधेश सरकारले मधेशी जनतामाथि गरेको दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता, मन्त्रीको राजीनामा, दमन र भ्रष्टाचारकोविरुद्ध आन्दोलन थाल्ने छौं’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमका जसपाका उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको थियो । यादव जानुअघिदेखि नै कार्यक्रम स्थगित गर्न जनमतले गृह मन्त्रालयसमक्ष माग गरेको थियो । तर यादवको कार्यक्रम रोकिएन । यादव कार्यक्रम स्थलमा पुगेपछि जनमत पार्टीले सांकेतिक विरोध गरेको थियो ।

यसपछि कार्यक्रमस्थलमा झडप भएको थियो । जसमा मधेशका शिक्षामन्त्रीसहितका नेता र सांसद घाइते भएका थिए । सोही विषयलाई लिएर जनमतले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सत्तरी( २ मा जनमतका अध्यक्ष राउतले गत निर्वाचनमा उपेन्द्र यादवलाई पराजित गर्नुभएको थियो । यसपछि दुई पार्टीबीच सम्बन्ध झनै तिक्ततापूर्ण रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू