अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

प्रधानमन्त्रीको अर्को निर्देशन : तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनूू

बिआरटीनेपाल २०८० माघ ९ गते ५:४४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति पत्र दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुुभएको हो ।यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुुभएको छ । उहाँका अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ ।

छपाइ कार्ड सकिएकाले सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ शुरु हुने जनाएको हो । चालक अनुुमतिपत्र फारम भरेर परीक्षा पास गरिसकेका १४ लाखभन्दा धेरैले लाइसेन्स पाउन सकेका छैनन् । उनीहरु राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । नवीकरण, हराएको र नयाँ लाइसेन्स गरी अहिले दैनिक चार हजारप्रति लाइसेन्सको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू