अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने

बिआरटीनेपाल २०८० माघ ९ गते ५:३१ मा प्रकाशित

नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दुतावास र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेण्ट संस्था (भारत) ले अध्ययन सम्झौतामा संयुक्त हस्ताक्षर गरेका हुन् । यस अध्ययनलाई नेपालस्थित स्वीस दुतावासले आर्थिक प्राविधिक सहयोग गर्नेछ भने टेक्नोलोजी एण्ड एक्शन फर रुरल एड्भान्समेण्ट संस्था (भारत) ले भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघको सहयोगमा अध्ययन हुनेछ । यो अध्ययन परियोजनाले नेपालको सिमेन्ट उद्योगलाई डिकार्बोनाइज कसरी गर्न सकिन्छ ? भन्नेबारे प्राविधिक परीक्षण गर्नेछ ।

कार्यक्रममा नेपाल खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अध्ययनले नेपालमा नयाँ प्रकारको सिमेन्ट प्रोडक्शनलाई अगाडी बढाउने नतिजा दिने बताउनु भयो ।उहाँले नेपालमा भएको रातो वा कमेरो माटो प्रयोग गरेर क्लिंकरलाई ५० प्रतिशत क्लिंकर अरु ३० प्रतिशत क्ले राखेर र यसलाई क्याल्साइन बनाएर नयाँ मिश्रण बनाइने उल्लेख गर्नुभयो । फेरि यसमा जिप्सम मिसाएर र अरु १५ प्रतिशत लोग्रेट ल्यामुसनलाई मिसाएपछि नयाँ प्रकारको सिमेन्ट बन्ने बताउनु भयो । यसलाई नै एलसी थ्री सिमेन्ट भनिने उल्लेख गर्नुभयो । यो अध्ययनले नेपालको माटो र क्लिन्करको अध्ययन गरेर सिमेन्ट बनाउन सकिनेबारे निष्कर्ष दिने बताउनु भयो ।

एक वर्षसम्म स्थलगत अध्ययन गरेर प्राप्त नतिजालाई औद्योगिक उत्पादनको परीक्षण गरेर मात्र व्यवसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे प्रतिवेदन आउने महानिर्देशक घिमिरेले बताउनु भयो ।नेपालमा एलसी थ्री सिमेन्ट उत्पादन गर्नसके सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको खपत कम हुने बताउनु भयो । यसले वातावारणमा जाने कार्बन कम हुने महानिर्देशक घिमिरेको भनाइ छ । एलसी थ्री सिमेन्टमा ५०% क्लिंकर, १५% गैर–सिमेन्ट ग्रेडको चुनढुङ्गा, ३०% क्याल्साइन गरिएको माटो (गैर सिरेमिक ग्रेड) र ५% जिप्सम हुन्छ । यो सिमेन्ट उत्पादनमा ४०% भन्दा बढी कार्बन उत्सर्जन घटाउन सक्छ । यो प्रविधि भारत र अन्य २९ देशमा अपनाइ सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू