अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

सरकारबाट संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस

बिआरटीनेपाल २०८० माघ ९ गते ५:२९ मा प्रकाशित

सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । काठमाडौं । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि रिक्त थयो । उहाँले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको बताउनु भयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रश्तावमा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को निमय १६ को उपनियम १ को खण्ड (क) बमोजिम डा.असिम भण्डारीलाई राष्ट्रिय एन्टी डोपीङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय भएको छ । जापान सरकारबाट कोटेश्वर इन्टरशेक्सन इम्पूवमेण्ट आयोजना कार्यान्वयनको लागि प्रश्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिव ३१ अर्ब २ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धि मस्यौदा अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।’

प्रवक्ता शर्माले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको करिव ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृतका लागि जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू