अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

‘कटन क्यान्डी’ मा अखाद्य रङ्ग पाइयाे, उपभोग नगर्न विभागको आग्रह

बिआरटीनेपाल २०८० माघ ८ गते ६:२५ मा प्रकाशित

शहर बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको ‘कटन क्यान्डी’ मा अखाद्य रङ्ग प्रयोग गरिएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट ‘कटन क्यान्डी’ मा मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रङ्ग प्रयोग गरेको पुष्टि भएको हो । आज विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘खुलारूपमा बिक्री/वितरण भइरहेको रङ्गीन कटन क्यान्ड मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग रोडा माइन बीको प्रयोग भएको पाइएको छ ।’

विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्री/वितरण गरिएको ‘कटन क्यान्डी’ काे उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ । काठमाण्डाैलगायत विभिन्न ठाउँहरूका सडकपेटी, बजार, मेला लगायतमा यस्ता ‘कटन क्यान्डी’ बिक्री भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू