अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

तत्कालका लागि मुलुकमा गठबन्धनको विकल्प छैन : सभापति देउवा

बिआरटीनेपाल २०८० माघ ८ गते ६:१० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार सदरमुकाम कुश्मामा सम्बोधन गर्दै सभापति देउवाले त्याग र बलिदानपछि कांग्रेस पहिलो शक्ति बनेकाले पार्टी एकतावद्ध भए कसैले हराउन नसक्ने बताउनुभयो ।

सभापति देउवाले तत्कालका लागि गठबन्धनको विकल्प समेत नरहेको भन्दै मुलुकको समस्या समाधानका लागि अहिले गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोईरालाले धर्म निरपेक्षताबाट संविधानबाट हटाउनुपर्ने बताउनुभयो ।

धर्म सापेक्ष वा निरपेक्ष केहि पनि नहुने भन्दै कोईरालाले धर्म स्वतन्त्र राख्नुपर्ने बताउनुभयो । यस्तै, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले दिनदिनै युवाहरु वैध र अवैध बाटोबाट देश छोडेर विदेशिएकाले यस्तो अवस्थाको अन्त्य गर्न तत्काल कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू