अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

मेरो खातामा १ करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

बिआरटीनेपाल २०८० माघ ८ गते ५:५८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो निजी खातामा १ करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गर्नुभयो । सभापति लामिछानेले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा १ करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताउनुभयो । उहाँले आफूलाई ग्लोवल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको बताउनुभयो ।

सोमबार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नो विरुद्धमा समाचार लेखिएको र निजी खातामा १ करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गर्नुभयो ।सभापति लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू