अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई काम गर्न अदालतबाट रोक

बिआरटीनेपाल २०८० माघ ८ गते ५:५६ मा प्रकाशित

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई काम गर्न रोक लगाएको छ । अदालतले पुनको नियुक्ति रोकिदिएको हो । योग्यता र मापदण्ड नपुगेको भन्दै कार्यकारी निर्देशक पुनको नियुक्तीविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गर्नुभएको थियो । न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । पुस ४ गते बसेको पशुपति क्षेत्र विकास कोषको परिषद् बैठकबाट पुन कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू