अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

रुसमा मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

बिआरटीनेपाल २०८० माघ ८ गते ५:१४ मा प्रकाशित

रुसले युक्रेन युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिने संकेत गरेको छ । मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस क्षतिपूर्ति दिने विषयमा सहमत भएको बताइएको छ । यद्यपी नेपाल सरकार वा रुसी पक्षले यसबारे आधिकारिक जानकारी गराएका छैनन् । रुसी सेनाको नियमअनुसार लडाइमा मरिएका अन्य सैनिकजस्तै नेपालीलाई पनि क्षतीपूर्ति रकम दिने तयारी भएको हो ।

रुसले लडाइमा मारिएका सैनिकका परिवारलाई करिब ७५ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति दिँदै आएको छ । मारिएका नेपालीका परिवारलाई पनि सोही व्यवस्था अनुसार क्षतिपूर्ति दिने विषयमा रुस सकारात्मक देखिएपनि उनीहरुको शव नेपाल फर्काउन भने रुसले मानेको छैन ।

रुस युक्रेन युद्धमा अहिलेसम्म १२ जना नेपालीको मृत्यु भइसकेको छ भने कम्तिमा दुई जनालाई युक्रेनी सेनाले नियन्त्रणमा राखेको छ । रुसी सेनामा ५ सय जना नेपाली भर्ती भएको हनुसक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू