अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

काठमाण्डाैबाट नक्कली डाक्टर पक्राउ

बिआरटीनेपाल २०८० माघ ८ गते ४:४८ मा प्रकाशित

प्रहरीले काठमाण्डौबाट नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टर ४० वर्षका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।मोरङको विराटनगर महानगरपालिका–२ का भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन् ।

भट्टाचार्यले चीनबाट एमबीबीएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए । प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए । उनले नक्सालमा रहेको ’वी केयर’ मा पनि काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका सम्बुद्ध भट्टाचार्यले यस्तो काम गरेको ३ वर्ष भएको पनि बयान दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू