अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाए

बिआरटीनेपाल २०८० माघ ७ गते ५:३२ मा प्रकाशित

जनमत पार्टीका कार्यकर्ताले मधेस सरकारले राजविराजमा स्थापना गरेको मधेस कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।विश्वविद्यालयको शिलान्यास कार्यक्रममा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्तले विश्वविद्यालयमा ताला लगाएका हुन् । सप्तरीको राजविराज नगरपालिका–१३ मा भोलि विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । जनमतले आज विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा ताला लगाएको हो ।

तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ताबीच विवाद बढेको छ । जनमतका कार्यकर्ता कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने र जसपाका कार्यकर्ता अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने अडानमा छन् । शिलान्यासको विवादपछि सप्तरीलाई उच्च सतर्कतामा राखी सुरक्षाकर्मी परिचालन गरेको निमित्त प्रमुख जिल्ला अधिकारी भीमराज बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू