अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

गाजामा राष्ट्रसङ्घको शक्तिशाली धारा लागू, युद्ध रोक्न महासचिव गुटेरेसको आग्रह

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:१४ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उहाँले युद्धविरामका लागि अनुरोध गर्नु भएको हो ।यो धारा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । संयुक्त राष्ट्रसङ्घको इतिहासमा मात्र नौ पटक यो धाराको प्रयोग भएको छ । दशकौँदेखि यो धारा प्रयोगमा ल्याइएको थिएन । गाजापट्टीमा भइरहेको सङ्कटबारे सदस्य राष्ट्रहरुको ध्यानाकर्षण गराउन र युद्धविराम लागू गराउन गुटरेसले यो धारा लागू गरेका अलजजिराले जनाएको छ ।

गाजाका अस्पतालहरुलाई युद्ध मैदान बनाइएको भन्दै उहाँले त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताउनु भएको छ । त्यहाँका नागरिकलाई जीवित रहनका लागि अति आवश्यक सामग्री समेत नभएको र यस्तो अवस्थामा पनि इजरायलले लगातार बमबारी गरिरहेको खबरमा उल्लेख छ । गुटरेसका अनुसार गाजा क्षेत्रको सार्वजनिक व्यवस्था पुरै ध्वस्त हुन सक्छ । उहाँले गाजामा भइरहेको युद्ध रोक्न अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध विरामका लागि सक्दो प्रयास गर्न आग्रह गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घले गाजाम भइरहेको युद्ध रोक्न अपिल गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू