अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

अफवाह फैलाउने १८ युट्युब च्यानल कारबाहीमा

बिआरटीनेपाल २०८० मंसिर १७ गते ७:०७ मा प्रकाशित

प्रेस काउन्सिल नेपालले ‘अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने’ थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस गरेको छ । काउन्सिलले दर्ता तथा सूचीकरण नभएका तर निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिएर भ्रम फैलाएको ठहर गरेर कारबाहीका लागि सिफारिस गरेको हो ।

काउन्सिलले ती युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू