अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

इजरायल र हमासबीचको युद्धविराम दुई दिन थपियो

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:१३ मा प्रकाशित

इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति भएको छ । कतारले जनाए अनुसार दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्ब्याउने सहमति भएको हो । सो अवधिमा हमासले थप २० जना महिला र बालबालिकालाई रिहा गर्ने भएको छ । चार दिने युद्धविराम सकिनु अघि सोमबार हमासले थप ११ जना इजरायलीलाई रिहा गरेको थियो । रिहा गरिएकामा तीन वर्षीया जुम्ल्याहा सहित महिला र बालबालिका रहेका छन् ।

त्यसको बदलामा इजरायलले ३३ प्यालेष्टेनी बन्दी रिहा गरेको छ । इजरायल र हमासबीचको सम्झौता अनुसार हमासले ५० जना बन्धक रिहा गर्ने जनाए पनि ५० भन्दा बढी बन्धक रिहा गरिसकेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार युद्धविरामका बीच गाजामा खाद्यान्न, औषधि र इन्धनहरु आपूर्ति गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू