अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

बसाइँसराई समस्या : मन्त्री बस्नेत

बिआरटीनेपाल २०८० मंसिर १२ गते ५:५४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा वाह्य बसाइँसराई विकराल समस्या बन्दै गईरहेका बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा यसलाई रोक्ने गरि समाधान आवश्यक रहेको बताउनुभयो । योजनावद्ध विकास अवधारणाको प्रभावकारी कार्यान्वयन र शासकीय क्षमतामा सुधारमार्फत अहिलेका समस्या समाधान गर्न सकिने उहाँको भनाई छ ।

संघिय, प्रादेशिक र स्थानीय तहका सरकार यस समस्याबारे सजक हुन आवश्यक रहेको भन्दै मन्त्री बस्नेतले स्रोत साधनको व्यवस्थापन, क्षमता विकास, विकासमा समन्वय र आन्तरिक अर्थतन्त्रमा बढोत्तरी गरेर बसाइँसराईका समस्या सम्बोधन गर्न सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू