अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:४५ मा प्रकाशित

हिजो आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ । आज हाेटल तथा पर्यटन, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्तकाे शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेकाे दिन आज अपर स्याङ्गे हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ६० लाख कित्ता शेयर एक अर्ब ७५ कराेड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे सात कराेड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू